कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाण्डौं । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। -एजेन्सी

प्रतिक्रियाहरु