नेकपाद्वारा अवैध चन्दा असुली गर्ने केदार खतिवडा पार्टीमा आबद्ध नरहेको प्रस्ट

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केदार खतिवडा आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पारेको छ । नेपाल कम्युनिष्ट पार्टी उपत्यका विशेष ब्यूरोका इन्चार्ज मिलनले एक बिज्ञप्ति जारी गरि सो कुरा प्रष्ट्याएका हुन् । नेकपा उपत्यका विशेष ब्युरोले पार्टीका नाममा अवैध चन्दा असुली गर्ने, आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टीविरुद्धमा साँठगाँठ गर्ने, पार्टीको सूचना दुश्मनलाई बेन्ने र पार्टीका कतिपय नेतृत्वलाई गिरफ्तार गराउँनेजस्ता कार्यमा संलग्न रहेका केदार खतिवडा हाल आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पार्दै निजले फैलाएको भ्रममा नपर्न सबैमा आह्वान गरेको छ । ब्युरो इन्वार्ज मिलनले बुधबार विज्ञप्तिमार्फत पार्टीका नाममा अवैध चन्दा असुली गर्ने आत्मसमर्पणकारी केदार खतिवडा अहिले पनि पार्टीविरुद्ध षड्यन्त्मूलक गतिविधि र गुटबन्दी एवम्‌ आर्थिक अपचलनमा संलग्न रहेकोले भ्रममा नपर्न अनुरोध गरेका छन ।


विशेष ब्युरो इन्चार्ज मिलनको विज्ञप्तिमा भनिएको छ – “आन्तरिक रूपमा आत्मसमर्पण गर्दै चारलाख पचास हजार धरौटी बुझाएको नाटक गरेर रिहा भएपश्चात्‌ (एक वर्षभन्दा धेरै समय ) पाटीमा सम्पर्कमा नै नरहेका निज केदार खतिवडाले अहिले पनि पार्टीबिरुद्ध षडयन्त्रमुलक गतिविधि र गुटवन्दी एवम्‌ आर्थिक अपचलनमा संलग्न रहेको र जेलभित्र रहनुभएका कमरेडहरूबारे भ्रमपूर्ण प्रचार गर्दै हिँड्नेजस्ता गलत कार्य पाइएकाले सम्पूर्ण पार्टीपक्ति, सहयोगी, जनसमुदाय तथा कान्तिप्रनी दाजुभाइ-वहिनीहरू निज केदार खतिवडा हाम्रो पार्टीको कुनैपनि तहको आधिकारिक व्यक्ति नभएकाले निजले फैलाएको भ्रममा नपर्न यसै प्रेस बिज्ञप्तिमार्फत सबैमा स्पस्ट पार्न चाहन्छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु