पढाउदै गरेका शिक्षक गिरफ्तार : शिक्षक संगठनद्वारा घाेर भत्र्सना

२०७७ मंसिर १० गते, बुधबार


काठमाडौँ । रोल्पास्तित जनता आधारभुत विद्यालय गंगादेव गाउँपालिका ४ सुपाटाेड्केमा विद्यालयमा पढाउदै गरेका शिक्षक रमेशकुमार वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल शिक्षक संगठनप्रति अास्थावान शिक्षक वलीलाई प्रहरीले अास्थाकै अाधारमा गैरन्यायिक रूपले गिरफ्तार गरेकाे भन्दै अखिल नेपाल शिक्षक संगठनले घाेर भत्र्सना गरेकाे छ । अध्यापनरत अखिल नेपाल शिक्षक संगठनप्रति अास्थावान स्थायी शिक्षक रमेश कुमार वलीलाई गिरफ्तार गरि राेल्पाबाट सल्यान प्रहरी हिरासतमा झुट्टा मुद्दा लगाई मानसिक यातना दिने गरेको भन्दै अखिल नेपाल शिक्षक संगठनले घाेर भत्र्सना जनाएको हो ।
अखिल नेपाल शिक्षक संगठनका राेल्पा जिल्ला अध्यक्ष प्रेम बहादुर केसीले अाज एक प्रेस विज्ञप्ति जारी गरि निज शिक्षकलाई पाँच दिनभित्र विनासर्त रिहाइ नगरे चरणबद्ध तरिकाले अान्दोलन गर्ने र साे अान्दोलनले राेल्पा जिल्लाका शैक्षिक अवस्थामा पर्न जाने असर सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएका छन ।

प्रतिक्रियाहरु