सुनको मूल्य ह्वात्तै घट्यो !

२०७७ मंसिर ९ गते, मंगलवार


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन प्रतितोला १ हजार ८०० रूपैयाँले घटेको छ । हिजो सोमबार स्थिर रहेको सुनको मूल्यमा आज मंगलबार एकैदिन १ हजार ८०० रुपैयाँले कमी आएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार र सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो । महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य १ हजार २१० कायम भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार