अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तार विद्यार्थीहरूलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने उद्घोष

२०७७ मंसिर ८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले उपत्यकामा आयोजित रक्तदान कार्यक्रमबाट संगठनका केन्द्रिय सदस्य नवराज भट्ट, क्याम्पस जिल्ला अध्यक्ष तारा संन्ज्याल र काठमाण्डौँबाट .सुवास महत, .मेगी न्योपानेलगायत गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई तत्काल बिनाशर्त ससम्मान रिहा गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी)ले निहत्था विद्यार्थीहरूलाई तत्काल रिहा नगरे संघर्ष मार्फत त्यसको कडा प्रतिवाद गरिने समेत जनाएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिन्जीवी ढकालले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो महान्‌ तथा गौरबशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दे अघि बढिरहेको छ । आफ्नो गौरवपूर्ण आन्दोलनको विरासत लाई निरन्तरता दिँदै नेपालको शैक्षिक रुपान्तरणमा अनवरत संघर्षरत हाम्रो संगठन नेपालका शैक्षिक माथिहरूको लागि “फलामको चिउरा” सावित भएको छ । राज्यसत्ताको आड लिएर विद्यार्थी र अभिभावक लुटने शैक्षिक माफियाहरूको पुराने रोग हो । यसै सन्दर्भमा काठमाडौंको बसुन्धारामा रहेको मोर्गान इन्टरनेशनल कलेजले विभिन्न बहानामा विद्यार्थीहरुलाई ठगिरहेको विषय सार्वजनिक भएको छ । हाम्रो संगठन, न्युज २४ लगायतका मिडियाहरूको सहकार्यमा उक्त घटना सार्वजनिक भएको हो । प्रहरी प्रशासनको धक्क लगाउँदै विद्यार्थी र अविभावकहरुलाई ठग्ने मोर्गान कलेजका सञ्चालकको यो हर्कत अनैतिक र गेरकानुनी हो । परीक्षाको मुखैमा आएर विद्यार्थी तथा अभिभावकहरुलाई धम्काएर रकम असुल्ने मोर्गान कलेजको यो बेमानीपूर्ण कार्यको हाम्रो सङ्गठन धोर निन्दा एवम्‌ भर्त्सना गर्दछ । मोर्गान कलेजको ठगी धन्दाको विरोधमा उत्रिएका विद्यार्थी साथीहरूलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकाले गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल रिहाई गर्न हामी जोडदार माग पनि गर्दछौं । विद्यार्थी तथा अभिभावकहरू ठग्ने धन्दा बन्द गरी विधार्थीहरुलाई निशर्त परीक्षामा सहभागी हुने वातावरण बनाउन मोर्गान कलेज प्रशासनलाई हाम्रो संगठन चेतावनी दिन चाहन्छ । मोर्गान जस्ता अन्य विभिन्न शैक्षिक संस्थाहरुले विद्यार्थी तथा अभिभावकहरुलाई जबर्जस्ती मनपरी ढंगले शुल्क तिर्न लगाउदैँ आइरहेको सूचनाहरु हामीलाई प्राप्त भइरहेका छन्‌ । देशव्यापी रूपमा आएका यस्ता तथ्यहरूलाई हेर्दा शेक्षिक माफियाहरु सँगको संघर्ष निर्णयक बनाउनु पर्ने कुरा विशेष रूपले प्राथमिक बनेको छ । शेक्षिक माफियाहरूको यो हर्कतले आज देशका किसान, मजदुर, शिक्षक, प्राध्यापक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सबै श्रमजीविहरु ठगिनु परेको छ । यी माफियाहरूको ठगी धन्डाको कुने सीमा छैन । यसर्थ यस्ता माफिया हरूको विरुद्धको संघर्षमा हाम्रो संगठनलाई साथ एवम्‌ सहयोग गर्न हामी युवा, विद्यार्थी, अविभावक, पत्रकार, बुद्धिजीवी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा विशेष अपिल गर्दछौं ।
शैक्षिक माफियाहरु सँगको संघर्ष र हाम्रो महान्‌ तथा गौरबशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको गौरवपूर्ण सातौं पुनर्गठन दिवसलाई विभिन्न रचनात्मक, जनसैवा तथा जनकार्य गरिरहेको बेला वर्तमान ओली /रामबहादुर सरकारको गृह प्रशासनले उपत्यकामा आयोजित रक्तदान कार्यक्रमबाट संगठनका केस क नवराज भट्ट, क्याम्पस जिल्ला अध्यक्ष क. तारा संन्ज्याल र काठमाण्डौँबाट क.सुवास महत, क.मेगी न्योपाने
लगायत देशव्यापी रुपमा संगठनका नेता कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ । ओली /रामबहादुरहरुको यस्तो अनैतिक कार्यको हाम्रो संगठन घोर निन्दा, विरोध एवं भ्रत्सर्ना गर्दछ । उपत्यका लगायत देशव्यापीरुपमा गिरफ्तार गरिएका संगठनका नेता कार्यकर्ताहरुलाई तत्काल बिनाशर्त ससम्मान रिहा गर्न हामी जोडदार माग गर्दछौँ । निहत्था विद्यार्थी साथीहरूलाई तत्काल रिहा नगरे संघर्ष मार्फत त्यसको कडा प्रतिवाद गरिने व्यहोरा जानकारी गराउँदछौ ।”

प्रतिक्रियाहरु