नेकपाद्वारा विकल्प र सुवर्णलाई तत्काल रिहा गर्न माग : ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने सरकारविरुद्ध उत्रन आव्हान

२०७७ मंसिर ६ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जीव नेपाली ‘सुवर्ण’ अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट केपी वली सरकारको रामबहादुर थापा गृह प्रशासनले दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरी दिनभरि बेपत्ता पारेको भन्दै सरकार र गृह प्रशासनको यो जङ्गली एवम् बर्बर शैलीको गिरफ्तारीको कडा निन्दा र भत्र्सना गरेका छन । उनले अनाहकमा गिरफ्तार गरिएका विकल्प र सुवर्णलाई बिनासर्त तुरुन्त रिहा गर्न जोडदार माग गर्दै अन्यथा उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवार दलाल वली सरकार, थापा गृह प्रशासन र अपहरणकारी गिरोह हुने कुरा प्रस्त्याएका छन ।
यसैगरी प्रवक्ता प्रकाण्डले ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने वली सरकार र यसको गृह प्रशासनका विरुद्ध विरोधमा उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी, जनवर्ग, बुद्धिजीवी, व्यापारीव्यवसायी, कर्मचारी, पत्रकारलगायत आम जनसमुदायहरूमा हाम्रो पार्टी विशेष अपिल समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीक प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “२०७७ मङ्सिर ५ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य क. प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य क. सञ्जीव नेपाली ‘सुवर्ण’ अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट केपी वली सरकारको रामबहादुर थापा गृह प्रशासनले दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरी हिजो दिनभरि बेपत्ता पा¥यो । सरकार र गृह प्रशासनको यो जङ्गली एवम् बर्बर शैलीको गिरफ्तारीको हाम्रो पार्टी कडा निन्दा र भत्र्सना गर्दछ । अनाहकमा गिरफ्तार गरिएका क. विकल्प र क. सुवर्णलाई बिनासर्त तुरुन्त रिहा गर्न पार्टी जोडदार माग गर्दछ । अन्यथा उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवार दलाल वली सरकार, थापा गृह प्रशासन र अपहरणकारी गिरोह हुने कुरा पार्टी स्पष्ट गर्दछ ।
हाम्रो पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील अर्थ विभागका कमरेडद्वयलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोगको सरकारी खेतीमा उहाँहरूको राजनीतिक स्वतन्त्रता र मानवअधिकारको वली सरकारले घोर उल्लङ्घन गरेको छ । यसको जति निन्दा गरे पनि कमै हुन्छ ।
हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो । यो देशमा दलाल पुँजीपति वर्गको राज्यसत्ता र वली सरकारले गर्ने राष्ट्रघात एवम् जनघातका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत सङ्घर्ष गर्दै नेपाली समाजबाट यसको उन्मूलन गर्न निःस्वार्थ ज्यान हत्केलामा राखेर होमिएको पार्टी हो । हाम्रा नेता र कार्यकर्ता कमरेडहरू यो आदर्श र अभियानमा समर्पित छन् । महान् क्रान्तिका मान्छेहरूलाई निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुनेछैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।
‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने वली सरकार र यसको गृह प्रशासनका विरुद्ध विरोधमा उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी, जनवर्ग, बुद्धिजीवी, व्यापारीव्यवसायी, कर्मचारी, पत्रकारलगायत आम जनसमुदायहरूमा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु