नेकपा दाङद्वारा विभिन्न ठाउँमा ब्यानर, झण्डा, पाेष्टर टाँस

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङले मंसिर ८ गतेको सातौँ पार्टी पुनर्गठन दिवसकाे अवसरमा विभिन्न ठाउँमा ब्यानर र पाेष्टर टाँगेकाे छ । मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी जिल्ला जिल्लामा पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने पार्टीको निर्णय अनुसार दाङका दर्जन बढी ठाउँमा ब्यानर, झण्डा र पाेष्टरहरु टाँगिएको बताइएको छ । पश्चिम दाङको बबई गाउँपालिका अन्तर्गत ३ ठाउँ, शान्तिनगरमा ३, दङ्गीशरणमा ३, तुलसीपुर उपमहानगरपालिका अन्तर्गत ७ ठाउँ, घाेराही उपमहानगरपालिका अन्तर्गत ९ ठाउँ, लमही, राप्ती, गढवा र राजपुरमा पनि ३/३ वटा ब्यानर टाँगिएको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ । यस्तै पार्टी पुनर्गठन दिवसकाे अवसरमा जिल्लाभरि सयौं झण्डा र पाेष्टर टाँसिएको पनि जनाएको छ ।
पार्टी स्रोतले दिएको जानकारीअनुसार मंसिर ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको छ ।

प्रतिक्रियाहरु