कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ करोड नाघ्यो

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौं । हालसम्म विश्वमा पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् । निको हुनेको संख्या कूल संक्रमितको ६९ दशमलब २६ प्रतिशत हो । गत २४ घण्टामा विश्वमा थप तीन लाख ८६ हजार ७१३ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ६४ लाख १८ हजार ९० रहेको छ ।
कोरोना संक्रमण भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ । गत २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजारभन्दा धेरैको मृत्त्यु भएको छ । गत वर्षको डिसेम्बरमा चिनको वुहानबाट कोरोना भाइरस संक्रमण शुरु भएको थियो । सबैभन्दा बढी प्रभावित अमेरिकामा एक करोड २२ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । दुई लाख ६० हजार भन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा हाल ४६ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । छिमेकी मुलुक भारतमा ९० लाखभन्दा धेरैमा संक्रमण हुँदा एक लाख ३२ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु