चीनीया रक्षा मन्त्री नेपाल आउदै

२०७७ मंसिर ६ गते, शनिबार


काठमाण्डौं । चीनीया रक्षा मन्त्री एवं जनमुक्ति सेनाका रकेट फोर्सका कमाण्डर वेई फेङ्हे आगामी मंसीर १४ गते नेपाल आउन लागेका छन् ।
भारतसगँ कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितका मुद्धामा सम्बन्ध चिसिएको पृष्टभूमिमा भारतीय से िर रअ प्रमुखले नेपाल भ्रमण सकेर फर्किए पछि नेपालले चीनीया अधिकारीलाई स्वागत गर्न लागेको हो । चीनीया रक्षा मन्त्री नेपाल आउनु दुई दिन अघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगला नेपाल आउने छन् । उनी फर्किएको भोलीपल्ट चीनीया पाहुनालाई नेपालले उच्च स्तरीय स्वागत गर्नेछ ।
यस भ्रमणमा मंसीर १४ मै चीनीया रक्षा मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापासगँ भेटवार्ता गर्ने तय भएको छ । साथै रक्षा मन्त्री वेईले चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको बर्षगाँठका अवसरमा हुने कार्यक्रममा समेत सहभागीता जनाउने स्रोतले जनाएको छ ।
यस भ्रमणमा चीनीया राष्ट्रपतिको भ्रमणका बेला भएका द्धिपक्षीय समझदारी कार्यन्व्यन एवं रणनीतिक सम्बन्ध र सैन्य सम्बन्धका थप आयामहरुमा समेत चर्चा हुने बताईएको छ । नेकपा विभाजन उन्मुख रहेका बेला एकतामा जोड दिईरहेको चीनले वरिष्ठ अधिकारीलाई नेपाल पठाउनुलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु