एनआईसी बैंकद्वारा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक

२०७७ मंसिर ४ गते, बिहीबार

काठमाडौं। एनआईसी एसिया बैंकले ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेकोे छ । दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको छ। योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ। यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रुपैयाँ छ। ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन्।
उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ। यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार