भारतीय व्यापारीको हारगुहार

२०७७ मंसिर २ गते, मंगलवार


काठमाडौं । भारतका ब्यापारीहरु नेपालले नाका नखोल्दा आफूहरु भोकै बस्नुपरेको भन्दै हारगुहार गर्न थालेका छन् । उनीहरुले आफ्नो व्यापार ध्वस्त भएको भन्दै नेपालसँगको नाका खोलिदिन आग्रह गरेका हुन् । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका ब्यापारीहरुले नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका हुन् । काली नदीमा रहेको झोलुङ्गे पुल भारतको उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने गर्छ । गत मार्च २५ मा नेपालले लकडाउनको घोषणा गरेलगत्तै सो पुल बन्द गरिएको छ । सो पुल मार्फत नेपाल आएर भारतीय व्यापारीहरुले गार्मेन्ट, गरगहना र अन्य सामाग्रीहरु बेच्ने गर्दछन् ।
लकडाउन हटेपनि कोरोनाको सम्भावित संक्रमणलाई दृष्टिगत गरेर बन्द गरिएको छ । अहिले सो पुल कुनै आपतकालीन प्रयोजनको लागि मात्र खुल्ने गरेको छ । भारतीय व्यापारीहरुले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिन थालेका छन् । पुल बन्द हुँदा आफ्नो ब्यापार नराम्रोसँग प्रभावित भएको भारतीय व्यापारीहरुले बताएका छन् ।

प्रतिक्रियाहरु