हङकङ आगलागी : ११ नेपालीको मृत्यु

२०७७ मंसिर २ गते, मंगलवार


काठमाडौं। नेपालीद्वारा हङकङको कार्मालोनमा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेका छन् । मृत्यु हुनेहरुमा तीन नेपाली परिवारका सदस्य भएको बताइएको छ । आगलागीमा परी मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यसैगरी, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ । अरु मृतकको सनाखत हुन बाँकी रहेको छ ।
अस्पताल भर्ना गरिएका थप ३ जना पुरुष र ४ जना महिलाको अवस्था गम्भीर रहेको छ । जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो । तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगो लगाेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु