मनपर्ने खानाको नाम सुने पछि…

२०७७ कार्तिक २६ गते, बुधबार


काठमाडौं । ताइवानका एक १८ वर्षीय युवक दुर्घटनामा परेर कोमामा गए । चिकित्सकले समेत उपचार संभव नभएको भन्दै परिवारलाई मृत्युको खवरका लागि पर्खिनुपर्ने बताएका थिए । तर ६२ दिनपछि आफ्नो मनपर्ने खानाको नाम सुन्ने वित्तिकै उनको होस खुलेको बताइएको छ ।
स्कुटर दुर्घटनामा परी ६२ दिनदेखि कोमामा रहेका युवकको होस आफुलाई मनपर्ने खानाको नाम सुन्ने बितैकै खुलेको हो । घटना उत्तरी पश्चिमी ताइवानका १८ बर्षिय चियु नामका युवक स्कुटर दुर्घटनामा गम्भीर घाइने भएपछी अस्पताल भर्ना गरिएको थियो । दुर्घटनामा परी घाइते भएका उनको दायाँ भागको मिर्गौलाले काम गर्न छोडेको थियो । फोक्सोमा समेत चोट पुगेकाले कोमामा गएको थियो । लगातार रुपमा रगत बहावका कारण उनको उपचारका संलग्न स्वास्थ्यकर्मीहरुले उपचार सम्भव नभएको भन्दै परिवारजनलाई मृत्युको दिन पर्खनुपर्ने बताएको थियो । ती युवकका दाईले कोमामा गएका आफना भाइको कान अगाडी गई भाइलाई मनपर्ने खाना चिकेन प्लेट खान जान लागेको तिमी पनि जाने हो भनेपछी ती युवकको ६२ दिनपछी होस खुलेको छ ।
यस घटनाले बिश्वका स्वास्थ्यकर्मीहरु समेत चकित भएका छन् । हाल ती युवक अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु