सुरेन्द्र महर्जन ‘अमर’ को ‘दर्पण’ सार्बजनिक

२०७७ कार्तिक २० गते, बिहीबार

काठमाडौं । संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ । नेपाली गीत संगीत क्षेत्रमा यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ कोसेली भर्खरै थपिएको छ । चर्चित गायक/गायिकाहरूका स्वरमा सुसज्जित दर्शक एवं स्रोताहरूबाट धेरै मन पराइएका सुपर हिट गीत समेत रहेको मेलिना राईको स्वरमा रहेको ”म भन्दा-३” अर्थात आँसु झारी पुच्छी दिने बोलको गीतका साथै सुरेन्द्र महर्जन, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामा लगायतका स्वर रहेको छ । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ”अमर” को सताइसौं कृति एल्बम ”दर्पण” एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको छ । ओएसनेपालको तर्फबाट विबेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टि. भि नेपाल अफिसिएल मिडिया पाट्नर रहेको छ भने सह-मिडिया पाट्नर गोर्खा लाइभ डट कम रहेछ । कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्सप टि. भी नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, ए.बि. सि टेलिभिजनका पत्रकार कविर बुढा, वरिष्ठ पत्रकार पाशङ्ग तामाङबाट आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । एल्बमभित्र रहेको गीतहरूको संगीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ भने कार्यक्रम संचालन गोर्खा लाइभ डट कम का सम्पादक दिपक गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

खोइ प्रचण्ड ?

२०७८ बैशाख ३१ गते, शुक्रबार

सकुन्जेल मोज गर

२०७८ बैशाख ३० गते, बिहीबार

हत्याराको देश हो यो !

२०७८ बैशाख २८ गते, मंगलवार

आमाप्रति रातो सलाम

२०७८ बैशाख २८ गते, मंगलवार