अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू !

२०७७ कार्तिक १३ गते, बिहीबार


काठमाडौं । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि भएको हिंसा भड्किएपछि अमेरिकाको फिलाडेल्फियामा कर्फ्यू लगाइएको छ । २७ वर्षका वाल्टर वालस जुनियरको सोमबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । घटनाको विरोधमा निरन्तर प्रदर्शन तथा लुटपाट हुन थालेपछि पेनसिलभेनिया राज्यको फिलाडेल्फियामा आज विहानवाट कर्फ्यू लागु गरिएको हो । प्रहरी ज्यादतीको विरोध प्रदर्शनको क्रममा केही ठाँउमा झडप भएका छन् भने केही स्थानमा लुटपाट समेत भएको छ ।
सुरक्षा व्यवस्थाका लागि फिलाडेल्फियामा नेशनल गार्ड र प्रहरी परिचालन गरिएको छ । मृत्यु भएका वाल्टरको परिवारले प्रहरीले गोली हानेको समयमा उनी मानसिक समस्यामा रहेको जनाएको छ । प्रहरीले भने हातमा लिएको चक्कु फाल्न गरिएको आग्रह अस्वीकार गरेपछि गोली चलाउनुपरेको बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु