प्रचण्डलाई थाहै नदिई केन्द्रीय समितिको बैठक सारियो !

२०७७ कार्तिक १२ गते, बुधबार


काठमाडौं । सत्ताधारी नेकपाको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ । कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफुसंग केहि सल्लाह नगरी केन्द्रीय समितिको बैठक एक महिनाका पर सारिएकोप्रति प्रचण्डले असन्तुष्टी जनाएको बताइएको छ । गत भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु