नेकपा दैलेखद्वारा बाढीपिडितलाई राहत वितरण

२०७७ कार्तिक ११ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,दैलेखले जिल्लाको ठाँटीकाँध गाउँपालिका बडा नं ४ गैरेगाउँका टीकाराम कठायत,दानबहादुर कठायत,बलबहादुर नेपाली,लिला नेपाली,कर्णबहादुर कठायत,रणबहादुर शाही र मनबहादुर बि.क , आठबिस नगरपालिका बडा न.१ सात्तलाका केशब नेपाली,कुलबहादुर बि.क,हर्क बि.क,माहादेव खनाल र चुर्कुलो बि.क , चामुन्डा विन्द्रासैनी नगरपालिका बडा नं ७ लयाँटी बिन्द्रासैनीका जगतशाही,मोती शाही,जनक शाही,धिर बहादुर शाही र वडानं ९ का भुपेन्द्र शाहीलगायत विस घरधुरी बाढीपिडित परिवारलाई राहत स्वरुप चामल ,दाल र तेल वितरण गरेको छ। गत भदौ २गते परेको अविरल वर्षाले दैलेखका विभिन्न ठाउँमा बाढी पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको थियो।पार्टीमाथि लगाईएको राजनितिक प्रतिवन्धका विच पनि केहि समय अगाडी दशैमा हुने भिडभाडमा कोभिड संक्रमण बढ्न सक्ने भन्दै नेकपा दैलेखले थोरै भए पनि जिल्लाको पहलमा राहत स्वरुप सेनिटाईजर र मास्क बितरण गरेको थियो। जिल्लाका वाढी पिडित प्रत्येक धरधुरीलाई राहत रुपमा ३०केजीको एक एक बोरा चामल,दाल र तेल वितरण गरिएको र यसले जनता र पार्टीको सम्बन्ध थप प्रगाढ भएको जानकारी नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले बताए ।

प्रतिक्रियाहरु