चन्द्रमाको सतहमा पानी भेटियो !

२०७७ कार्तिक ११ गते, मंगलवार


काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् ।
अन्तरिक्ष यान सोफियामा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।
एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको पानीको मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । चन्द्रमामा फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्ने भन्न नसकिने नासाको भनाइ छ ।
नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने पानी भेटिनु अति ठूलो उपलब्धी भएको बताइएका छन । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा हिउँ पाइएको थियो । अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसले चन्द्रमाको सो सतहमा मानव वस्ती विकास गर्न सकिने देखिएको वैज्ञानिकहरुले बताएका छन् । पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु