नरबहादुर कार्कीलाई २४ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

२०७७ कार्तिक ९ गते, आईतवार


काठमाडौँ । सर्वोच्च अदालतले गत कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले गिरफ्तार गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई २४ घन्टाभित्र उपस्थित गराउन विपक्षीका नाममा आदेश जारी गरेको छ । कार्कीको निःसर्त रिहाइका लागि आइतबार सर्वीच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो |
सर्वीच्च अदालतका न्यायधिश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले पक्राउ गर्नुको कारण स्पष्ट खुलाई २४ घन्टाभित्र बन्दीसहित लिखित जबाफ लिएर सर्वीच्च अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
यसअघि २१ राजनीतिक सङ्गठनको तर्फबाट सीपी गजुरेलले विज्ञप्ति जारी गरी शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले गिरफ्तार गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई तत्काल रिहाइको माग गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु