पछिल्लो २४ घण्टामा ४४९९ कोरोना संक्रमित थपिए

२०७७ कार्तिक ७ गते, शुक्रबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सो मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

प्रतिक्रियाहरु