अमेरिकाद्वारा कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति

२०७७ कार्तिक ७ गते, शुक्रबार


काठमाडौं । अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारमा एन्टिभाइरल औषधि रेम्डेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडिए’ले संक्रमितको उपचारमा प्रभावकारी देखिएको भन्दै औषधि प्रयोगको अनुमति दिएको हो । रेम्डेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिईएको एफडिएले जनाएको छ । भेक्लरी नामक ब्राण्डको रेम्डेसिभिर औषधिलाई एफडिएले स्वीकृति प्रदान गरेको हो । यसरी पूर्ण स्वीकृति पाउने सो औषधि पहिलो हो ।
यसअघि यो औषधिलाई आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति दिइएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डेसिभिरसहितका औषधि दिइएको थियो । उनी अहिले संक्रमण मुक्त भएर चुनावी अभियानमा सक्रिय छन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले केही दिन अघि कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा सो औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार