अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

२०७७ कार्तिक ७ गते, शुक्रबार


काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उनिहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ । बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ ।
यसअघि गत अक्टोबर १५ मा हुने भनिएको बहस भने रद्द भएको थियो । निर्वाचन हुन १२ दिन मात्र बांकी रहंदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ट्रम्प भन्दा अघि रहेको मत सर्वेक्षणहरुले देखाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु