राज्य आतंक बन्द नगरे भयङ्कर तुफानी वेग व्यहोर्नुपर्ने चेतावनी

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले जिल्लाकाे गंगादेब ४ डल्सिङे पाखापानीमा पार्टीका जिल्ला कमिटी सदस्यहरु बिपिन र टिम लगायत जिल्लाभरी नै अन्य जिम्मेवार सदस्यहरुलाई गिरफ्तार गर्ने, साथै सार्वजनिक रुपमा गोली हानि हत्या गर्नेसम्मको अभिव्यक्ति दिएको र छिमेकी जिल्ला दाङ तुलसीपुरमा बिपिन आएको छ भन्दै प्रहरीले होटेल खानतलासी गर्दै आतंकित बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा राेल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ एक प्रेस विज्ञप्ति जारी गरि रोल्पाका विभिन्न गाउँहरुमा सादा पोसाकका प्रहरीले मध्यरातमा नेता/ कार्यकर्ता र जनताको घर घरमा गैरन्यायिक ढंगले आतंकित बनाउदै १० बर्षे जनयुद्धको झझल्को दिने गरि राज्य आतंक मच्चाइरहेको भन्दै अन्य जिल्लाहरुमा पनि निगरानी गरि आतंकित बनाएको घटनाप्रति र उक्त अभिव्यक्ति र हर्कतप्रति घोर निन्दा एवम् भत्सर्ना गरेका छन । साथै यस्तो हर्कत रोक्न अाफ्नाे पार्टी सम्बन्धित पक्षलाई जानकारी गराउदै राजनीतिककर्मीलाई राजनीतिक व्यवहार गरियोस् अन्यथा यसको भयंकर तुफानी वेग सम्बन्धित पक्षले व्यहोर्नुपर्ने चेतावनी दिएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु