२१ राजनीतिक संगठनको कार्यक्रममा प्रहरी हस्तक्षेप : नरबहादुर कार्की गिरफ्तार

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौँ । २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको शांन्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नरबहादुर कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गरिएको छ । २१ संगठनको कार्यगत एकताका तर्फबाट सी पी गजुरेलले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
यस बिषयमा २१ संगठनको कार्यगत एकताका तर्फबाट सी पी गजुरेलले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “कोभिड १९ का विरामीहरुको निःशुल्क उपचार सम्वन्धी विषयमा विद्यमान संविधानव्दारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दवाव सिर्जनागर्नका लागि २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांतिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो । २१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएका नर बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको हामी घोर भत्र्सना गर्दछौं र उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्र्कीलाई अविलम्ब रिहाई गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनरु
१.नेकपा(मशाल) २.नेकपा(क्रान्तिकारी माओवादी) ३.नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल ५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६.नेपाल कम्युनिष्ट पार्टी, ७.नेकपा(माओवादी केन्द्र), ८.राष्ट्रिय जागरण मंच ९.जन समाजवादी पार्टी १०.नेकपा(संयुक्त) ११.राष्ट्रिय जागरण परिषद, नेपाल १२.वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्र्टी १३.नेकपा(बोल्शेविक), १४.राष्ट्रवादी केन्द्र, नेपाल १५.एम् सी सी खारेज अभियान, १६.पुष्पलाल अध्ययन समाज, १७.सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी) १८.माक्र्सवादी एकता अभियान, १९.नेकपा(माक्र्सवादी), २०.नेकपा माक्र्सवादी(पुष्पलाल) र २१. ने क पा (माओवादी) ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु