सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौं । कोरोनाका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट हुने भएको छ । सिटीईभिटीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो ।
कोरोन्न संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने भएको छ । परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न भनिएको छ । सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षा भने २२ कार्तिकमा सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रियाहरु