जनप्रगतिशिल मोर्चा साउदीद्वारा आम नेपालीकाे स्वास्थ्यप्रतिको हक सुनिश्चित गर्न माग

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले सरकारले काेराेना परिक्षण र उपचार खर्च बिरामी अाफैले बेहाेर्ने निर्णय तुरुन्त फिर्ता लिन र आम नेपाली जनताहरुले आफ्नो स्वास्थ्यप्रतिको हक अधिकार सुनिश्चित गर्न पाउने वातावरण राज्यले तुरुन्त लागू गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष कसम मगर र महासचिव टिकाराम वलीले द्वारा विज्ञप्तिमा भनिएको छ -‘जनतालाई खाइ नखाइ कर तिर्न चाहिँ बाध्य बनाउने अनि त्यही जनताहरुलाई यस महामारीमा स्वास्थ्य सेवा जुन विषय उनीहरुले नै बनाएको संविधान सम्बत: छ,त्यो सेवा पनि दिन सक्ने भन्ने विषयमा सरकारले आफ्नो गैरजिम्मेवार पुर्ण अभिव्यक्ति दिई हात उठाउने काम नगराेस् ।’
यस बिषयमा मोर्चाका अध्यक्ष कसम मगर र महासचिव टिकाराम वलीद्वारा विज्ञप्तिकाे पूरा पाठ यस्तो छ – “देश “covide 19″ ले अक्रान्त बनिरहेको यो असीम परिस्थितिमा कोरोना संक्रमण बिरामिहरु दैनिक रुपमा दिनमा दुई गुणा रातमा चौगुणा बढिरहेको यस जटिल परिस्थितिमा आफुले आफैलाई सर्बहारा जनताको पार्टी र सरकार भन्ने निकायबाट नै जुन गैरजिम्मेवारपुर्ण अभिव्यक्ति आएको छ सो विषयमा नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको सम्बन्धित निकाय ( नेपाल सरकारलाई जानकारी गराउदछ ) ! जनतालाई खाइ नखाइ कर तिर्न चाहिँ बाध्य बनाउने अनि त्यही जनताहरुलाई यस महामारीमा स्वास्थ्य सेवा जुन विषय उनीहरुले नै बनाएको संविधान सम्बत: छ,त्यो सेवा पनि दिन सक्ने भन्ने विषयमा सरकारले आफ्नो गैरजिम्मेवार पुर्ण अभिव्यक्ति दिई हात उठाउने काम गरेको छ सो निर्णय तुरुन्त फिर्ता लियोस र आम नेपाली जनताहरुले आफ्नो स्वास्थ्यप्रतिको हक अधिकार सुनिश्चित गर्न पाउन र त्यो वातावरण राज्यले तुरुन्त लागू गर्न सकोस र सम्पुर्ण कोरोना संक्रमित बिरामिहरुलाई राज्यले उचित उपचार र मृतकहरुको लासलाई उचित ब्यवस्थापन गर्न सक्नुपर्छ यो राज्यको जिम्मेवार अन्तरगतको विषय रहेकोले राज्यलाई नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबको गम्भीर ध्यानाकर्षणका साथै सो निर्णय तुरुन्त सच्याउन जोडदार माग गर्दछ !”

प्रतिक्रियाहरु