उद्योग वाणिज्य महासंघको महाधिवेशन मंसिर ११ देखि

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौ । कोरोना भाइरसको त्रासका कारण स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औँ महाधिवेशन आउँदो मंसिर ११ र १२ गते हुने भएको छ । गत वर्षको चैतमा हुनुपर्ने निर्वाचन कोरोनाका कारण पटक पटक स्थगित हुँदै आएकोमा हाल निर्वाचन समितिले सूचना जारी गर्दै मंसिर ४ गते साँझ ५ बजेसम्म मनोनयन दाखिलाको समय निर्धारण गरेको छ । साउनमा निर्वाचन गर्ने भनिएपनि कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण दुइ पटकसम्म मिति सारिएको थियो । आगामी कार्यकालका लागि शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । अहिलेको कार्यकालको वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने प्रायः निश्चित छ । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्रतिस्पर्धा गर्दैछन् । कार्यतालिका अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन स्थानमा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु