‘डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउँदै

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौँ । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउने भएको छ । दुई जना वरिष्ठ कूटनीतिज्ञसहितको ग्लोबल–५००० विमान बुधबार काठमाडौं आउने तयारी रहेको परराष्ट्रले जनाएको छ । जसका लागि परराष्ट्र मन्त्रालयले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै ‘डिप्लोम्याटिक पर्मिसन’ सहित आउन लागेको भारतीय कूटनीतिक उडानका लागि ‘आवश्यक प्रबन्ध तय गर्न’ जानकारी दिएको छ ।
यो विमान बुधबार दिउँसो १ बजे काठमाडौं उत्रिएर बेलुकी साढे ९ बजे दिल्ली फर्कन लागेको जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु