एप्पलले डेढ फीट अग्लो आईफोन ल्याउने !

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौं । विश्व बजारमा नयाँ नयाँ उत्पादनहरु ल्याइरहेको एप्पलले हालै आईफोन १२ सिरिजमा ४ नयाँ आईफोनहरु लन्च गरेको छ ।
त्यसमध्ये लन्च गरेको आईफोन १२ प्रो म्यासको स्क्रिन साईज सबैभन्दा ठूलो अर्थात ६.७ इन्च छ र यसको आकार २००७ मा बजारमा आएको पहिलो आईफोनको भन्दा दुई गुणा ठूलो छ।
आगामी २० बर्षमा एप्पलको आईफोनहरू कुनै पनि पूर्ण आकारको किबोर्ड वा म्याकबुक भन्दा ठूला हुनेछन्। एक अध्ययन अनुसरा आईफोनहरूको साईज सन् २००७ मा पहिलो पटक सुरू भएदेखि प्रत्येक बर्ष लगभग ५ प्रतिशतले वृद्धि भईरहेको छ।
यदि आईफोन मोडेलहरू यस्तै प्रकारले क्रमशः बढ्दै गयो भने विश्वको सबैभन्दा लोकप्रिय कम्पनीले २०२१ सम्ममा महिलाको हत्केलाको औसत आकार र २०२४ सम्ममा एक जना पुरुषको हत्केलाको औसत आकार भन्दा ठूला डिभाइसहरु लन्च गर्नेछ। अध्ययन अनुसार यही प्रवृत्ति रहिरहेको खण्डमा सन् २०४० सम्ममा डेढ फिट अग्लो आईफोन देखा पर्नेछ, जसको आकार १७.५ इन्च हुनेछ।
सन् २००७ मा आएको पहिलो आईफोन डिस्प्ले ३.५ इन्चको थियो र भर्खरै लन्च गरिएको आईफोन १२ प्रो म्याक्समा यसको डबल साइज ६.७ इन्च डिस्प्ले छ। आईफोनको आकारमा करीव ९१ प्रतिशतले वृद्धि भएको छ र आईफोनको औसत आकार प्रत्येक वर्ष ५ प्रतिशतले वृद्धि भइरहेको छ। – टेक्नोलोजीखबर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु