नेकपाद्वारा संघर्षको शंखघोष : आम जनतालाई सहभागिता र सहयोगका लागि अनुरोध

२०७७ कार्तिक ५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरेको छ। सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुच्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम्‌ दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको उल्लेख गर्दै सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको ठोकुवा गर्दै सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष मागसमेत गरेका छन ।
महासचिव विप्लवले बिज्ञप्तिमार्फत राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी समेत दिएका छन ।
महासचिव विप्लवले सरकारको यस्ता गैरजिम्मवार कार्यका विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगकालागि हार्दिक अनुरोध समेत गरेका छन ।

महासचिव विप्लवले बिज्ञप्तिमार्फत घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आगामी कात्तिक १५ गते कोणसभा , कात्तिक १७ गते पर्चा वितरण र कात्तिक २० गते विरोधजुलुस प्रदर्शन रहेको छ ।
यस बिषयमा महासचिव विप्लवद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ : ” १. वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्‌ ।
२. कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुच्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम्‌ दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।
३. विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।
४. राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ ।
उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगका
लागि हार्दिक अनुरोध गर्दछौँ ।
विशेष कार्यक्रमहरू :
२०७७ कात्तिक १५ गत। कोणसभा
२०७७ कात्तिक १७ गते पर्चा वितरण
२०७७ कात्तिक २० गते विरोधजुलुस
नाराहरू :
आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर ।
कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर ।
भ्रष्टाचारीलाई कारबाही गर ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु