गृहमन्त्री थापालाई खुल्ला पत्र : तपाईंको छविमा ठूलो प्रश्न चिन्ह लागेको छ

२०७७ कार्तिक ४ गते, मंगलवार

माननीय गृहमन्त्री ज्यू
संग्रामी अभिवादन !

तपाईसँग जसरी प्रत्यक्ष भेट भएर भलाकुसारी गरि रहन्थ्याै परिस्थितीले भनौ वा तपाईंहरुले लिएको गलत बाटो क्रान्तिकारीहरुले अबलम्वन गरेको बाटोको दुरी निकै टाढिएकै कारण प्रत्यक्ष भलाकुसारीको समय सम्भवत: असम्भव प्राय भैसकेको छ । यी सबै जटिलताकै भुमरीभित्रबाट दुई शब्द लेख्न बाध्य भएको छु । अन्तरअात्माबाट तथ्य खोल्ने हो भने तपाईहरुले स्वीकार्नै पर्ने सत्य यो हो की नेपाली नयाँ जनवादी क्रान्ति विशेषत: १० बर्षे महान जनयुद्दको मुख्य नेतृत्व र नेतृत्वको अति महिमागान गाउने तपाईहरुबाट भएको घोर अात्मसमर्पण, धोका र गद्दारी जस्को ज्वलन्त उदाहरण हो जनयुद्दका मुख्य उपलब्धीहरु जनसत्ता, जनअदालत, जनसेना र जनप्रशासनहरुको भौतिक रुपमा बिसर्जन । यही धोका र गद्दारीकै कारण घर न घाटका भएका तमाम क्रान्तिकारीहरुलाई मुक्ति दिलाउदै समाजवादी क्रान्तिको नारामा गोलबन्ध गर्दै अघि बढ्नु एकीकृत जनक्रान्तिको काधँमा अाएको नयाँ जिम्मेवारी हो । यो नयाँ जनवादी क्रान्तिको अर्थात १० बर्षे जनयुद्दको निरन्तरता होईन निरन्तरताको पनि क्रमभंग हो भनेर बुझ्न तपाईंलाई कुनै हिमशिखर हैन । पुरानोको निषेध र नयाँको विकास हो भनेर बुझि बुझि अनरगल प्रचारवाजी गरेर मालिक रिझाउनु भन्दा नेपाली जनता एबं क्रान्तिकारी महासमरका यात्रीहरुलाई रिझाउनु तपाईको प्रमुख दायित्व हुनु पर्ने हो हुन त विचार सिद्धान्तबाट स्खलित भएकै कारण रक्तरन्जित ईतिहासको एक मुठ्ठी कसिङ्गर भएर परिचित हुनु तपाईका लागि गर्व नै लाग्न सक्छ तर परिस्थिती बदलिए पनि बितेका ती पलहरु र घटेका घटना परिघटनाहरुलाई नियाल्दा मनमुटु भित्र ज्वालामुखी विस्फोट हुन्छन् यो मेरो मनमुटुमा मात्रै हैन तपाईहरुलाई पनि हुनुपर्ने कारणहरु जिबन्तै छन् जनयुद्दका बिरोधीहरु र तपाईं जनयुद्दका नायक कहलिएकाहरु अाज एक ठाउँमा उभिएर ईतिहासकै मजाक लिईरहनु भएको छ । युद्दको रणमैदानमा लुकामारी खेल्दै छिया छिया परेका घाउहरु पुरिएका छैनन् टुहुरा भएका नानीबाबुहरु खै बाबा भनेर मृत्युको कारणहरु खोज्नेसम्म भैसकेका छन् विधुवा दिदी बहिनीहरु सिन्दुर पुछिएको दिनको स्मरण गरिरहेकी छन्, अपाङ्ग योद्दाहरु अर्धजिवनसंग छटपटिदै ह्विल चियरलाई प्रिय साथी मानेर तपाईं बसेकै कुर्चि वरिपरि घुमिरहेका छन् भने तपाईको सुरक्षा र ब्यवस्थापनमा जीवन मरणको संघर्ष झेल्न बिबस जनता कार्यकर्ताहरु कहाँ के गरी दिनचर्या गरिरहेका छन् तपाईंको गिद्दे नजर नपरे पनि सबै युद्धपिडितहरुले तपाईको पाईला पाईलामा मुल्याङ्कन गरि बसेकै छन् । तपाईका लागी सम्भवत: यी सबै सपना भए होलान् । हिन्दै पाईला मेट्दै गर्नेहरुलाई चुनौति दिदै बिचल्ली सहेर बसेका युद्धपरिवारहरुलाई संरक्षण गरि मुक्तिको अधुरो यात्रालाई पुर्ण बिजयमा पुर्याई छाड्ने प्रतिज्ञा गरेर दृढ संकल्प सहित अगाडि बढिरहेको शक्तिका बिरुद्द अाएका तपाईका अभिब्यक्ति र व्यवहारहरु बर्तमानमा प्रमुख तगारो बनेका छन् । धेरै बर्षसंगै जीवन ब्यतित गरेर केही बर्ष मात्र अलग हुने बित्तिकै यहाँसम्म पुग्नु तपाईं अाफैका लागि पनि प्रतिउत्पादक हुने प्राय निश्चित छ । भर्खरै एउटा कार्यक्रममा दिएको अभिब्यक्तिलाई लिदा तपाईकै अन्तरअात्माले बोलेको हो भने त्यस्को परिणाम ईतिहासको कालखण्डमा तपाईंले भोग्नै पर्छ । तर एकछिन जिम्मेवारपुर्ण ढंगले ईतिहातिर फर्किदा प्रचण्डलाई अांककारी भनेर कसैले सुनायो वा भन्यो भने मेरै मनले पचाउन सकिँदैन प्रतिकार गर्छु किनकी प्रचण्ड न त अातंककारी हुन न त जंगली नै उनी जनयुद्दका कमाण्डर हुन् । तर केपी वलीले कमरेड विप्लवले नेतृत्व गरेको कम्युनिष्ट पार्टीलाई अतंककारी, अराजक देशद्रोही हिंस्रक भनिरहदा प्रतिवाद गर्न सक्नु पर्दथ्यो ठिक उल्टो हाम्रो पार्टी माथीको प्रतिबन्ध लगाउदा तपाईं हस्ताक्षरकर्ता मात्रै हुनुभएनकी प्रस्ताव प्रस्तुतकर्ता भएको देख्दा तपाईंको जनयुद्दले बनाएको छविमा ठूलो प्रश्न चिन्ह लागेको छ यस्को हिसाबकिताब तपाईंबाट ईतिहासले पक्कै लिन्छ यसमा म बिश्वस्त नै छु । विश्वलाई घुडा टेकाउने कोभिड -19 जस्तो महामारीले निम्ताएको महासंकटमा पनि बादल बादल नै भएर उभियो नागरिकको ज्यानमा घाम लागेन यतिसम्म निर्मम बन्नु भयो की यति त हिटलरले पनि गरेन होला । विश्वले एबं हाम्रो देशले कोभिड – १९ बाट मुक्ति चाहिरहेका बेला होम क्वारेन्टएन, अाईसोलेसन बेडमा मृत्युसंग लडिरहेका योद्धालाई समेत हत्कडी हाल्न समेत भ्याउनु भयो यस्को निर्मम समीक्षा गर्ने बेला अब धेरै टाढा त छैन तर तपाईंले फिल्ड स्तरमा कुनै सम्झौत गर्न सकिँदैन निस्तेज पारिन्छ भनी दिएको जनबिरोधी अभिब्यक्तिले क्रान्ति हाँक्ने र सम्पन्न गर्न चाहने क्रान्तिकारी स्वप्नादर्शीहरुले यी सबै चुनौतीलाई संभावनामा बदल्दै नेपालै धर्तीमा बिजयको झण्डा फहराउने छन् र तिम्रो सबै हिसाबकिताब नेपाली जनतामाझ राख्नेछन् हिम्मत नहारेर गरिने क्रान्ति नै अन्तिम विजयको क्रान्ति हुनेछ यो कुराको गहिरो हेक्का रहोस् भन्दै कलम बन्द गर्दछु ।

– रणदिप

प्रतिक्रियाहरु