नास्टद्वारा ‘यान्त्रिका कोरोना कम्प्याक’ रोबोट निर्माण

२०७७ कार्तिक ४ गते, मंगलवार


काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दैं यान्त्रिका रोबोट बनाएको छ । यस रोबोटको नाम ‘यान्त्रिका कोरोना कम्प्याक’ दिइएको छ । नास्टले यान्त्रिका रोबोट सोमबार सार्वजनिक गरेको हो । यो रोबोट कुनैपनि कार्यालयका लागि उपयोगी हुने नाष्टले बताएको छ ।
रोबोटले कार्यालय पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्नेछ । साथै मास्क लगाएको छ वा छैन् भनेर पनि रोबोटले छुट्याउँछ । यदि मास्क लगाएको छैन् भने रोबोटलेनै मास्क दिने गर्छ । त्यस्तै रोबोटले सेनिटाइजर दिने काम समेत गर्छ । रोबोटमा डिस्प्ले पनि जडान गरिएको छ । जसमा नेपाली तथा अङग्रेजी भाषामा नास्टको बारेमा जानकारी राखिएको छ । यसले डिस्प्लेमा राखिएको जानकारी बोलेर समेत दिने गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार