एलिना र सूर्यको ‘नजाऊ नभन…’ ( भिडियोसहित )

२०७७ कार्तिक ४ गते, मंगलवार


काठमाडौं । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डिआर सुजनको शब्द, लालकुमार बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ । गीतमा गरिबिको गन्तब्य पर्देश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने । गीत तथा भिडियोलाई सम्पूर्ण सञ्चारले बजार मा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रियाहरु