कोरोना निको हुनेको संख्या ३ करोड नाघ्यो

२०७७ कार्तिक ४ गते, मंगलवार

काठमाडौं । वल्ड्रोमिटरका अनुसार हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
हालसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको मृत्यु भएको छ । यस्तै ७५ लाख ९४ हजार संक्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ । यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु