खाद्यले प्रतिकिलो ५५० रुपैयाँमा खसी–बोका बेच्दै

२०७७ कार्तिक ३ गते, सोमबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रति किलोग्राम ५५० रुपैयाँका दरको खसी–बोकालाई बिक्करी शुरु गरेको छ । खाद्यले यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको जनाइएको छ । कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री थालिएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिए ।
कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोकाको प्रति किलोग्राम ५६० रुपैयाँ तोकेको र त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा बेच्न लागिएको हो । आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको र मंगलबारसम्ममा एक हजार खसी–बोका आइपुग्ने सुवेदीको भनाइ छ ।
यसअघि तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरिएकामा यस वर्ष नल्याइएको र स्थानीय व्यापारीहरुसँग किन्दा महँगो हुने भएकाले च्याङ्ग्रा भने नबेच्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार