क्लिन फिड लागु गराउन र विज्ञापन बोर्ड गठन गर्न माग

२०७७ कार्तिक २ गते, आईतवार


काठमाडौ । मिडिया एलाइन्स नेपालका पदाधिकारीले आज अर्थमन्त्री विष्णु पौडेल र सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर तत्काल क्लिन फिड लागु गराउन र विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन् । उक्त अबसरमा एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले पछिल्लो समय सञ्चार उद्योगहरु आर्थिक रुपमा संकटग्रस्त भएको भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै क्लिन फिड लागु गर्न र तत्काल विज्ञापन बोर्ड गठन गर्न पनि राजकर्णिकारले आग्रह गरे ।
सरकारले कात्तिक ७ गतेदेखि लागु गराउने भनेको क्लिन फिडको स्वागत गर्दै एलाइन्सले त्यसबाट पछि नहट्न अर्थ र सञ्चार मन्त्रीलाई आग्रह गरेको हो । त्यसैगरी एलाइन्सले संचारमाध्यमलाई सहुलियत ऋणको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु