पछिल्लो २४ घण्टामा २९४२ जना कोरोना संक्रमित थपिए

२०७७ कार्तिक २ गते, आईतवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना संक्रमित भएका छन् । ति मध्ये काठमाडौंमा १४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

प्रतिक्रियाहरु