हात्ती प्रजनन केन्द्र जाने बाटोमा झोलुङ्गे पुल बन्ने

२०७७ कार्तिक २ गते, आईतवार


काठमाडौँ । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने बाटोमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । बूढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने गरी झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माण भएपछि हात्ती प्रजनन केन्द्रमा अवलोकन गर्न जाने पर्यटकहरुसँगै स्थानीयबासीन्दालाई सजिलो हुने बताइएको छ । रत्ननगर ७ मा पर्ने बद्रेनीमा १ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो । १ सय ६७ फिट लम्बाई र ४ फिट चौडाईको पुल निर्माणसँगै पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका मेयर नारायण वनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार