कम्युनिष्टहरु कस्तो राज्य संयन्त्र चाहन्छन् ?

२०७७ कार्तिक २ गते, आईतवार

डा. शम्भु कट्टेल

आदर्शको हिसाबले हेर्दा अहिलेको मानव सभ्यताको चरणमा राज्य संयन्त्र राज्य शक्तिको वितरणको माध्यम हो, मानिसको दानवीय वा निरंकुश प्रवृत्तिमा एउटा अंकुश हो । त्यसैलै, निरंकुश दानवहरु राज्य संचालनमा धेरैलाई मिसाउन चाहँदैनन् । यो अर्थमा समाज विकासको यो चरणमा बढीभन्दा बढी सर्वसाधारण नागरिकको राज्य संयन्त्रमा पहुँच नागरिकको हितमा हुन्छ किनकि त्यसबाट नागरिकहरुले आफ्नो लागि फाइदाजनक नियम कानुन बनाउन पाउँछन् । यसै कारणले गर्दा स्वार्थी दानव प्रवृत्तिका मानव समूहहरु राज्य संयन्त्रको माध्यमद्वारा आपूmखुशी गर्नका लागि सर्वसाधारण नागरिकहरुलाई राज्य संचालनमा सहभागी हुनबाट छेक्छन् । त्यसैले त भनिन्छ सभ्यताको यो चरणमा संसारका हरेक शासन ब्यवस्थाहरु तानाशाही ब्यवस्थाहरु हुन— कुनैमा हुने–खाने सम्भ्रान्तहरुले सर्वसाधारण माथि तानाशाही लादेर उनीहरुमाथि घोडा चढ्छन, चुस्छन् भने कुनैमा नागरिकहरुले ती सम्भ्रान्तहरुमाथि तानाशाही लागू गरेर आपूmलाई उनीहरुको बुहार्तन र पिसाइबाट जोगाउँछन् । तर, यी दुई तानाशाहीको उद्देश्यमा भने भिन्नता देखिन्छ– पहिलोले तानाशाहीको निरन्तरता खोजेको हुन्छ भने दोश्रोले तानाशाहीको अन्त्यका लागि पूर्वावस्था ९अयलमष्तष्यलष्लन० सिर्जना गर्नु ।

माथि भनेझैं राज्य संयन्त्र कस्तो छ भन्ने आधारमा त्यहाँ कति प्रजातन्त्र छ, कस्ताले शासन गर्छन्, को माथि शासन गर्छन्, शासन विकासको माध्यम हो कि जनता चुसेर आपूm मोटाउने माध्यम, आदिको सजिलै अड्कल गर्न सकिन्छ । चुनाव प्रणाली छ–छैन, भए कस्तो चुनाव प्रणाली अपनाइएको छ जसले गर्दा कस्ता मान्छे चुनिएर राज्य संयन्त्रमा पुग्दछन्, ती चुनिएर गएकाहरुलाई के–कति अधिकार दिइएको छ, केलाई न्याय वा अन्याय मान्ने गरिएको छ र कस्ताले न्याय–अन्याय छुट्याउँछन्, न्याय–अन्यायको मापदन्डहरु सार्वजनिक गरिएको छ–छैन, सेना, प्रहरीले केको पहरेदारी गर्छन्, मान्छेले आपूmलाई लागेको कुरा भन्न पाउँछन् कि पाउँदैनन्, नयाँ पिँढीलाई के सिकाइँदैछ, गरीब, अनाथ अशक्तहरुलाई हेर्ने ब्यवस्था के छ आदि हेरेर त्यो ठाउँमा कसले कसलाई शासन गरिरहेको रहेछ भन्न सकिन्छ ।

कम्युनिष्टहरुलाई पुरानो शोषणमुखी शासन ब्यवस्थाका संरक्षक र अन्धोभक्तहरुले प्रजातन्त्र विरोधी भनेर आरोप लगाएको सुनेको छु । कम्युनिज्मको नाममा कसले, कहाँ, कस्तो अभ्यास ग¥यो भन्ने बिषयमा जाँदा लेख लामो हुने भएकोले म यहाँ छोटो सैद्धान्तिक कुरा मात्र राख्न चाहन्छु । सैद्धान्तिक हिसाबले वास्तवमा कम्युनिष्टहरु सबभन्दा मानवता पक्षधर, मान्छेले मान्छे माथि गर्ने शोषणको विरोधी र सबैले उन्मुक्त जीवन पाउनुपर्ने कुराको वकालत गर्ने हुनाले उनीहरु सबभन्दा बढी प्रजातान्त्रिक हुन्छन् । कम्युनिष्टहरु वास्तविक र बहुसंख्यक जनप्रतिनिधिको निर्णयले राज्य ब्यवस्था चल्नु पर्दछ भन्दछन् । यस कारण कम्युनिष्टहरु जनप्रतिनिधि सभा वा जनपरिषद वा संसद चाहन्छन् । कम्युनिष्टहरु अल्पमतले बहुमतलाई शासन गर्ने ध्भकतmष्लकतभच कथकतझ, जसलाई हामी संसदीय ब्यवस्था भनेर बुझिन्छ, चाहदैन्न । अरु त अरु, अमेरिकी संसदीय ब्यवस्था स्वयम् पनि ध्भकतmष्लकतभच कथकतझ होइन । ध्भकतmष्लकतभच कथकतझ बेलायती कथकतझ हो । त्यसैले यो गलष्खभचकबििथ बअअभउतबदभि कथकतझ होइन । त्यसको मतलब अमेरिकी राष्ठ्रपतीय ब्यवस्थाचाहिँ प्रजातान्त्रिक छ भन्न खोजिएको होइन ।

सिद्धान्ततः कम्युनिष्टहरु संसदको बिरोधी होइनन् भनेर किन भनिएको हो भने उनीहरु पनि जनप्रतिनिधिकै परिषद् (जसलाई संसद भन्न कुनै आपत्ति छैन) को निर्णयबाट राज्य ब्यवस्था संचालन गर्न चाहन्छन् । तर, वर्तमान नेपालको ध्भकतmष्लकतभच शासन पद्धतिमा अल्प (?५०५) मत पाउनेलाई बिजयी घोषणा गरेर तिनैको संसदबाट (अल्पमतले) बहुमत माथि शासन हुन्छ । यसमा भूगोलको आधारमा चुनाव हुन्छ, र जनसंगठनहरुको प्रतिनिधित्व हुँदैन । भूगोलमा पनि सामाजिक–आर्थिक वर्गहरुको प्रतिनिधित्वको ब्यवस्था छैन, भोको र अघाएको घोडाहरुलाई घोडदौड गराए जस्तो धन दौड गराए जस्तो गरी गराइन्छ । गरीब, सुकुम्वासी, अनाथ, अशक्तहरु, प्रतिस्पर्धी क्षमता नभएकाहरुबाट प्रतिनिधित्व हुने छुट्टै ब्यवस्था छैन । छ त राजनीतिक दलले टीको लगाउने ब्यवस्था मात्रै ।

यसबाहेक, कम्युनिष्टहरु एउटा सीट भएको क्षेत्रमा एकजना मात्रै उठे पनि उसैलाई बिजयी घोषणा गर्ने गर्दैनन् । उनीहरु सीट संख्याको कम्तीमा दोब्बर संख्याका उम्मेदवारहरुबीच प्रतिस्पर्धा गराउँछन् । हरेक उम्मेदवारले अलग–अलग कति भोट ल्यायो हेरिन्छ । जित्नेले मतदाताहरुको ५१५ वा त्यसभन्दा बढी भोट ल्याएकै हुनुपर्छ, नभए फेरि चुनाव गराइन्छ । अहिले जस्तो तीनजना उठेकोमा हार्नेहरुले एउटाले ३०५ र अर्कोले ३३५ भोट ल्यायो भने तेश्रोले ३७५ मात्रै भोट ल्याए पनि जीत्ने जस्तो स्वल्पतन्त्रीय चुनाव हुँदैन । साथै, कम्युनिष्टहरु विभिन्न श्रमजीवि जनताका संगठनहरुको पनि प्रतिनिधित्व गराउँछन् जसले गर्दा संसदमा श्रमजीवि किसान, मजदुर, बौद्धिक श्रमिक र साना उद्यमीहरुको पनि पर्याप्त उपस्थिति हुन जान्छ र श्रमिकलगायतका तल्लो वर्गको हितमा नियम कानून बन्ने दरो संभावना रहन्छ ।

यी बिबिध तरीकाले कम्युनिष्टहरु पैसाले भोट किन्ने, गरीबले चुनाव जीत्न नसक्ने, सांसदहरुले ह्वीप लागेर स्वतन्त्र विवेक प्रयोग गर्न नपाउने र जनविरोधी काम गर्ने सांसदलाई फिर्ता बोलाउन नपाइने अहिलेको जस्तो अप्रजातान्त्रिक ब्यवस्था होइन, गरीब किसान, सुकुम्वासी, मजदूर, अनाथ र अशक्त आदिको प्रतिनिधित्वको विशेष ब्यवस्था मिलाएर शासन ब्यवस्थामा सर्वसाधारणको प्रतिनिधित्व सुनिश्चित गर्दछन् । यसरी शासनमा गरीब किसान, मजदूर बौद्धिक श्रमिक, साना उद्यमीहरुको बहुमत बनाएर उनीहरुलगायत सर्वसाधारणहरुको पक्षमा नीति नियम कानून बन्ने पक्का गर्दछन्, समाजमा धेरैलाई कजाएर थोरैलै विलासी जीवन विताउने कुरुप चलन हटेको प्रमाण देखाएर वा यस्तो संरचना स्थापित गरेर यसबाट सबै मानिसहरुहरुको भलो हुने वातावरण देखाएर मानिसहरुको चित्त शुद्धि गर्दछन् र क्रमशः शोषणबिहीन समाजतर्फ अघि बढ्दछन् ।

यसरी कम्युनिष्टहरुले बैधानिक विधिबाट, अत्यधिक बहुमतको चित्त बुझाएर, वर्गान्तर (उचित वातावरण पाएका सबै मानिसको क्षमता पूर्णतः प्रस्फुटित हुने, सबैको आवश्यकता लगभग समान हुन्छ भन्ने आधारमा राष्ट्रपतिदेखि कार्यालय सहायकसम्मको तलब सुबिधा लगभग बराबर हुने, कसैले अर्काको पसीनाको फल बढी कुम्ल्याएर धन जोड्ने र त्यही धन प्रयोग गरेर अरुको पसीना लुट्न सक्ने वातावरण हट्ने, जमीनलगायतका प्राकृतिक साधन श्रोत समाजको साझा सम्पत्ति हुने, कसैले ब्याज, स्याज, भाड़ा, कूत, घ्युखाने, भेटी, दाम, घुस, कमीशन आदि खान नपर्ने र नपाइने आदि गरेर) घटाउदै लगेर, सबैले सक्दो योगदान गर्ने र सबैले आवश्यकतानुसार अरुलाई मर्का नपर्ने गरी उपभोग गर्ने पद्धति र मानसिकता भएको सुन्दर समाज सिर्जना गर्दछन् ।

यो भएमा कसैले पनि कसरी जिन्दगी काट्ने होला, मेरा बच्चाहरु कसरी सडकको बिस्कुट हुनबाट बच्लान्, मेरा छोरीहरुले कसरी जीउ नबेची पेट पाल्लान्, बुढेसकालको बिजोग कसरी काट्ने होला, केटाकेटीको पढाइ, लेखाइ कसरी चलाउने होला, घरबार भान्छा नूनतेल ओखतीमूलो कसरी चलाउने होला, बालबच्चालाई कसरी खुवाउने होला, आदि चिन्ताले टाक्सिने, हिनताले खुम्चिएर ब्यक्तित्व विकास र उत्पादकत्व घट्ने, आत्महत्या, मानव बेचबिखन, बेश्यावृत्तिले समाज कुरुप हुने, जस्ता समस्या हुने छैनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु