अखिल (क्रान्तिकारी) नवलपुरद्वारा अभियानलाई निरन्तरता

२०७७ कार्तिक १ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपुरले जनताको घर आगनमा पुगेर जनश्रमदानलाई तिव्रता दिएको छ। जिल्लाकमा बिभिन्न स्थानमा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक , नेपाल कम्युनिस्ट पार्टी , नवलपुर जिल्लाका गैडाकोट नगरपालिकाका इन्चार्ज शैलेन्द्र, स्थानिय सहित दर्जनौं विद्यार्थीको सक्रिय सहभागीतामा विद्यार्थी सदस्यहरुको जग्गामा धान काटेर श्रमदान गर्दै अभियानलाई निरन्तरता दिइएको उक्त संगठनले जनाएको छ। यसअघि पनि उक्त संगठनले एक गरिब किसानको घरमा धान काटेको थियो। अन्य विद्यार्थी संगठन सहर केन्द्रित भइरहँदा उक्त संगठन भने कोभिड-१९ को समयमा विद्यालय बन्द भएको अवस्थामा गाउँ/ नगर सांगठनिक अभियानमा जुटेको हो। सात महीना सम्म देश कोरोनाले थलिँदा विद्यार्थीले विद्यालयमा पढे,सिकेको जीवन व्यवहारमा लागु हुन नसकेकाले पनि शिक्षालाई श्रम र सिर्जनसिलतामा जोड्नुपर्ने अनिवार्य आवश्यकता भएको उक्त संगठनका संयोजकले दावी गरे।
पछिल्लो समय अखिल (क्रान्तिकारी), नवलपुरले गाउँ/टोलमा संगठन निर्माण गर्ने, कोभिड-१९ को समयमा विद्यालयबाट बन्चित भएका विद्यार्थीलाई नि:शुल्क कम्युनिटी कक्षा संचालन गर्ने, जनश्रमदान गर्नुका साथै भ्रष्टाचार, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार, समाजिक विकृति विसंगति बिरुद्ध समेत प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रियाहरु