सरकारलाई युद्द उन्मादमा नलाग्न चेतावनी

२०७७ कार्तिक १ गते, शनिबार

 काठमाडौं । मार्क्सवादी एकता अभियानले  सरकारलाई युद्द उन्मादमा नलाग्न   चेतावनी दिएको छ।  मार्क्सवादी एकता अभियान, नेपालका संयोजक डा शम्भु कट्टेलले शनिबार बिज्ञप्ती जारी गर्दै   गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले   सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ चन्दा संकलन गर्नेहरु विरुद्ध निमर्मतापूर्वक प्रस्तुत हुन भन्दै सार्वजनिक अभिव्यक्तिमार्फत  दिएको निर्देशन   अहंकारी र युद्ध उन्माद उन्मत्त   अभिव्यक्ति भएको   बताएका हुन् ।   संयोजक डा  कट्टेलले जारी गरेको  बिज्ञप्तीमा सरकारी निकायबाट देशमा व्याप्त भ्रष्टाचार  नेपाली समाजमा लुकेको छैन भन्दै  भ्रष्टाचार गर्नेहरुलाई खबरदारी  गर्न देशमा वामपन्थी शक्तिहरुबीच संयुक्त आन्दोलनको वातावरण बनिरहेको र राजनीतिक दलहरुमाथिको प्रतिबन्धसमेत फुुकुवा गर्न आवाज उठिरहेको वर्तमान अवस्थामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अहंकारी र युद्ध उन्माद उन्मत्त भएको अभिव्यक्ति आउनु सामान्य  बिषय नभएको उल्लेख गरिएको छ ।  सरकारले भ्रष्टाचार र राष्टघातजन्य कामहरु गरिरहँदा सरकारविरुद्ध गरिने आन्दोलननलाई आवश्यक परे चन्दा  संकलन गर्नेहरुमाथि  नै निर्ममताका साथ प्रस्तुत हुन भनेर दिइएको निर्देशनले भ्रष्टाचारविरोधी राजनीतिक  दलहरुमाथि दमन गर्ने सरकारको बदनियत छर्लंग भएको  अभियानले ठहर गरेको छ    ।

 मार्क्सवादी एकता अभियानले  सरकारले संविधानमै उल्लेखित लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाइरहेको र  यस सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन र राजनीतिक दलहरुमाथि दमनकारी नीति अख्तियार नगर्न  सरकारको ध्यानाकर्षण गराउदै  गृहमन्त्रीको यस्तो अभिव्यक्तिप्रति राष्टिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षण गराएको छ  ।

यस बिषयमा मार्क्सवादी एकता अभियान नेपालका   संयोजक डा शम्भु कट्टेलले  जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ -” गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी दिवस २०७७ । ०६ ।  ३० गतेका दिन सुरक्षा संयन्त्रलाई उत्तेजित बनाउने दुराशययुक्त भावनाका साथ चन्दा संकलन गर्नेहरु विरुद्ध निमर्मतापूर्वक प्रस्तुत हुन भन्दै सार्वजनिक अभिव्यक्ति मार्फत निर्देशन दिएको सन्दर्भमा यस माक्र्सवादी एकता अभियान, नेपालको गम्भीर रुपले ध्यानाकर्षण भएको छ  ।  सरकारी निकायबाट देशमा निर्लज्जतापूर्वक भ्रष्टाचार र राष्ट्रिय हित बिपरितका कामहरु भैरहेको यथार्थ नेपाली समाजमा लुकेको छैन । सरकारी निकायबाट भैरहेका भ्रष्टाचार र राष्ट्रघाती कृयाकलापहरुलाई  खबरदारी गर्न देशमा वामपन्थी शक्तिहरुबीच संयुक्त आन्दोलनको वातावरण बनिरहेको र राजनीतिक दलहरुमाथिको प्रतिबन्धसमेत फुुकुवा गर्न सडकबाट आवाज उठिरहेको वर्तमान अवस्थामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अहंकारी र युद्ध उन्मादले उन्मत्त भएको अभिव्यक्ति आउनु सामान्य बिषय अवश्य होइन भन्ने अभियानको ठहर छ ।

सरकारले भ्रष्टाचार र राष्टघातजन्य कामहरु गरिरहँदा सरकारविरुद्ध गरिने आन्दोलननलाई आवश्यक परे चन्दा संकलन गर्नेहरुमाथिको नै निर्ममताका साथ प्रस्तुत हुन  दिइएको निर्देशनले भ्रष्टाचारविरोधी राजनीतिक दलहरुमाथि दमन गर्ने सरकारको बदनियत छर्लंग भएको छ । सरकारले संविधानमै उल्लेखित लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाइरहेको छ ।

यस सम्बन्धमा माक्र्सवादको आवरणमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक ध्यान दिन र राजनीतिक दलहरुमाथि दमनकारी नीति अख्तियार नगर्न माक्र्सबादी एकता अभियान, नेपाल गम्भिरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र साथै गृहमन्त्रीको यस्तो अभिव्यक्तिप्रति राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षणका लागि अनुरोध गर्दछ । ” 

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु