बर्दिया राष्ट्रिय निकुञ्ज खुला

२०७७ कार्तिक १ गते, शनिबार

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज खुला भएको छ । चैत्र सात गतेदेखि बन्द गरिएको निकुञ्ज स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि खुला गरिएको सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी दिए । तत्काललाई जंगल सफारी र जंगल वाक गर्न अनुमति निकुञ्जले दिएको हो । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानु पर्ने व्यवस्था गरिएको छ ।
निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने खुल्ला गरिएको छैन । दशैं तिहारका बेला बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए । बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि जाने गर्दछन् । निकुञ्ज खुलेपछि पर्यटक भित्रने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार