‘चीनले नेपाली भूमि मिचेको छैन ‘

२०७७ कार्तिक १ गते, शनिबार



काठमाडौं । चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरेको बताएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा सो भूमि चीनकै रहेको दाबी गरेका हुन् । नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको दाबी चिनियाँ अधिकारीको छ । चीनले गत मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको दाबी गरेका छन् । सो सर्वेक्षणबाट चिनियाँ क्षेत्र नै रहेको पुष्टि भएपछि मात्रै भवन बनाइएको दावी ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा गरिएको छ । निर्माण गरिएका भवन सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको चिनको भनाइ छ ।

प्रतिक्रियाहरु