सामूहिक बलात्कारमा संलग्नलाई मृत्युदण्ड !

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । विशेष अदालतले पाँच जनाविरुद्ध मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा महिला तथा बालबालिकामाथि हुने दुव्र्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले उत्तरी जिल्ला टाङ्लिबाइमा सो फैसला सुनाएको हो । मृत्युदण्डको फैसला सुनाइएकामा सन् २०१२ मा भएको सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोग लागेका पाँच जना रहेका छन् । बंगलादेशमा बलात्कार र लैङ्गिक हिंसाका विरुद्धमा आवाज उठिरहेका समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो । अभियोजनकर्ता नसिम अहमदका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका बेला उक्त हिंसा भएको थियो । जहाँ पीडितका साथी र अरु दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएको बताइएको छ । यो घटनामा उनीहरु पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । बंगलदेशमा बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गरिएपछिको यो पहिलो फैसला हो । अपराधीलाई मृत्युदण्ड दिने अदालतको पैmसलाको अधिकारकर्मी तथा सर्वसाधारणले स्वागत गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु