कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो !

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । आज बिहानसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ सय ९ सय जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको छ । मेक्सिकोमा ८५ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार एक सय जनाको कोरोनाका कारण मृत्यु भएको छ । हिजो एकै दिन अमेरिकामा ८ सय ६९ जना, भारतमा ८ सय ३३ र ब्राजिलमा ७ सय ३४ जनाको मृत्यु भएको हो ।
हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ६९ हजार पुगेको छ । तिमध्ये जसमध्ये २ करोड ९३ लाख ७० हजार संक्रमणमुक्त भएका छन ।

प्रतिक्रियाहरु