अखिल क्रान्तिकारी धौलागीरी व्यूरोद्वारा स्वास्थ्य र खेलकुद सामाग्री वितरण

२०७७ आश्विन २९ गते, बिहीबार


काठमाडौं । अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले विद्यार्थीहरुलाई स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरेको छ । बाग्लुङ्ग जिल्लाको विध्यामन्दिर माविमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) धौलागीरी व्यूरोले “स्वास्थ्य र खेलकुद सामाग्री बितरण ” गरेको हो ।

सो कार्यक्रममा ३५० थान स्यानिटाईजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटबल ,१ थान व्याडमीन्टन, १ थान भलिबल जालीलगायतका स्वास्थ्य र खेलकुद सामाग्री बितरण गरिएको थियो। कार्यक्रममा बाेल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले विद्यार्थीको हकहितमा काम गर्ने र सधै विद्यार्थीको पक्षमा उभिने बताएका थिए । उक्त कार्यक्रमको संयोजन अखिल क्रान्तिकारी धौलागीरीका व्यूरो संयोजक सुरेन्द्र वस्नेतले गरेका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु