तरकारी तथा फलफूलमा विषादी परीक्षण सेवा सुरु

२०७७ आश्विन २९ गते, बिहीबार


काठमाडौं । लकडाउन र कोभिड– १९ को संक्रमण जोखिमका कारण वन्द भएको महानगर फलफूल तथा तरकारी बजार भरतपुर– २ मा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालालाई आजबाट संचालनमा ल्याइएको बताइएको छ । आज विहानै बजारमा आएका मालुवा केरा, घिरौला, टमाटर, नयाँ आलु आदिको नमुना लिएर परीक्षण गरिएको छ ।
यसअघि चितवनका मालुवा केरामा अध्यधिक विषादी देखिएपछि अहिले त्यसको अनिवार्य परीक्षण गर्ने गरिएको र अन्य तरकारी तथा फलफूलको हकमा सिजन सकिएका र नयाँलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ ।
त्यस्तै भारतबाट आएका तरकारी तथा फलफूललाई पनि प्रयोगशालामा परीक्षण गरेर मात्रै वाहिर पठाउने गरिएको छ । सीमा नाकामा नै जाँच गराएको कागज भए परीक्षण नहुने अन्यथा परीक्षण गरेर खाना योग्य हो वा होइन पहिचान गरेर मात्रै बजार पठाउने गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु