बहराइनका राजकुमारद्वारा मनास्लु हिमाल आरोहण

२०७७ आश्विन २९ गते, बिहीबार


काठमाडौं । बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले आज बिहान मनास्लु हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । ८ हजार १६३ मिटर अग्लो माउन्ट मनास्लुको आज बिहान ६ बजेर १० मिनेट जाँदा आरोहण गरेको बताइएको छ ।
यसअघि बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो । सेभेटन समिट ट्रेकका अनुसार यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरु