पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।bयोसँगै जम्मा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ९९६ जना, ललितपुरका ३०५ र भक्तपुरको १०२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ ।
२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको जम्मा संख्या ८० हजार ९५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेको छन् । २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु