रोनाल्डोलाई कोरोना संक्रमण

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ । युभेन्टस क्लबका ३५ वर्षीय खेलाडी रोनाल्डोमा संक्रमणपछि कुनै लक्षण देखिएको छैन । उनी आइसोलेसनमा बसेका छन् । संक्रमण पुष्टि भएपछि नेसन्स लिग प्रतियोगिता अन्तर्गत बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी सहभागी नहुने भएका छन् । पोर्चुगलको फुटबल महासंघका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु